काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता भएको छ।मौसममा आएको खराबीका कारण पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो ।सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।
मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको थियो।शनिबार बिहान फ्लाइट नम्बर यु ४-१३७ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।