‘बुद्धि–रेशम स्रष्टा सम्मान’ २०८१ समर्पण

२०८१ जेठ २५ काठमाडौँ, जलरिका साहित्य प्रतिष्ठान प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘बुद्धि–रेशम स्रष्टा सम्मान’ २०८१ लरिका साहित्य प्रतिष्ठानद्वारा आयोजित समारोहमा सम्पन्न गरिएको छ। उक्त सम्मान विशिस्ट तीन स्रष्टा कुन्दन शर्मा, सनत रेग्मी र गणेश रसिकलाई समर्पण गरिएको थियो ।
सम्मानित व्यक्तित्व कुन्दन शर्मा र सनत रेग्मी उपस्थित हुनुहुन्थ्यो। गणेश रसिक प्रतिकूल स्वास्थ्यको कारण कार्यक्रममा उपस्थित हुन सक्नु भएन। रसिकको पुरस्कार सम्मान कवि प्रद्युम्न जोशीले ग्रहण गर्नु भएको थियो।
प्राडा लक्ष्मणप्रसाद गौतमले तीन जनै स्रष्टाको परिचय दिनु भएको थियो।
काव्य–साधनामा सम्मानित हुनु हुने कुन्दन शर्मा, कथा-साधनामा सम्मानित हुनु हुने सनत रेग्मी र सङ्गीत/कला–साधनामा सम्मानित हुनु हुने गणेश रसिक तीनै जना स्रष्टाहरूलाई जनही नगद रु. एक लाख एक हजार सहित प्रतिमा समर्पण गरिएको थियो ।
प्राध्यापक जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन यादव भट्टराईद्वारा गरिएको थियो भने प्रतिष्ठानकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।