धादिङ बस दुर्घटना: ६ को मृत्यु, ३५ जनाको उद्धार

धादिङ । धादिङको त्रिशूली नदीमा आज बिहान यात्रुबस खस्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट ३५ जनालाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५ पुरुष र १ जना महिला छन् । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।बस कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको थियो । लु १ ख २१२१ नम्बरको उक्तबस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो ।