विराटनगर । क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको ज्यान गएको छ ।
लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिनुभएको छ ।
त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरु रहेको उल्लेख गरेका छन् ।
घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।
ज्यान जानेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुबी युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उहाँहरुको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताउनुभयो ।
उहाँहरु लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।
स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उहाँहरु बिहानीको डियुटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो ।
प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रुपमा उहाँहरूको नाम सार्वजनिक नगरिएको हो ।