काठमाडौं : काभा वुमन्स च्यालेन्ज कप भलिबलमा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज (सोमबार) भएको उदघाटन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।
नेपालले कीर्गिस्तानमाथि २५–११, २५–१९ र २५–११ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा उपाधि दावेदार भारतले बंगलादेशमाथि ३–० को सोझो सेटमा खेल जित्दै विजयी शुरुवात गरेको छ।
भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ।
आज नै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जितेर विजयी शुरुवात गरिसकेको छ।
लिगको अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
८ राष्ट्रको सहभागिता रहेको च्यालेन्ज कपमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
एक हप्तासम्म चल्ने प्रतियोगिताको शुरुवाती ३ दिन ४ खेल र बाँकी ४ दिन २ खेल हुनेछन्।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
Trending Now
- ‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ’
- आज नेपालले मलेसियासँग दोस्रो टी-ट्वन्टी खेल्दै
- न्यूयोर्कस्थित सडकको नामकरण तेन्जिङ शेर्पाको नामबाट
- सरकारले खारेज गरेका १८ वटा निकाय
- Increasing risk of hunger set to spread in hotspot areas as the Sudan crisis spills over into subregion and el Niño looms – warns new UN report
- प्रथम कोप चेसको उपाधि सुदीप तामाङ्गलाई
- चैत मसान्तसम्म कर तिर्नेलाई ब्याज मिनाहा
- सरकारले यी क्षेत्रमा कर छुट दियो
- बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि
- मनाइयो १६ औं गणतन्त्र दिवस
Comments are closed.