सिख धर्मावलम्बीद्वारा गुरु नानक जयन्ती तथा प्रकाश पर्व मनाईयो

सिख धर्म के प्रथम गुरु व संस्थापक गुरु श्री नानक देव जीको प्रकाश पर्व आज मनाइयो ।
विश्वभरीका सिखहरुको लागि आज विशेष पर्व हो । गुरु नानक जयन्ती प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमामा मनाईन्छ । यसपटक नोभेम्बर ८ अर्थात आज हो । यसपटक गुरु नानकको ५५३औँ जन्मजयन्ती मनाइँयो । यो दिन सिख धर्मका अनुयायीहरूका लागि धेरै विशेष हुन्छ र यस दिन सम्पूर्ण गुरुहरु र अन्य विभिन्न ठाउँहरूमा धूमधामका साथ प्रकाश पर्व मनाइन्छ ।
आजको दिन सिख गुरु नानकको जन्म भएको थियो । यस दिनलाई गुरु पूरब वा प्रकाश पर्व पनि भनिन्छ । यसै कारण यस दिन देशका कुनाकुनामा कीर्तन गरिन्छ । आज गुरु नानक देवजीको पावन ज्योति पर्व पनि मानिन्छ । विश्वमा जहाँ पनि बसोबास गर्ने भारतीयहरूले पूर्ण भक्तिभावका साथ यो पर्व मनाइरहेका छन् । सिख धर्मवालम्बीको विश्वास छ सिख गुरु जहाँ जानुहुन्छ शक्ति र विश्वासको प्रकाश फैलाउनुहुन्छ । गुरु नानकको जीवन र शिक्षाले पुस्ता पुस्तालाई राष्ट्र, धर्म र मानवताको लागि निस्वार्थ रूपमा समर्पित रहन प्रेरित गर्दछ ।
विज्ञहरूका अनुसार गुरु नानक सिख धर्मका प्रथम गुरु हुन् भन्ने गरिन्छ । गुरु नानक देवको जन्म १५ अप्रिल १४६९ मा तलवंडी ननकाना साहिबमा भएको थियो । त्यसैले उहाँलाई नानक साहिब भनेर सम्बोधन गरिएको थियो । सिख समाजको जग गुरू नानक साहिबले राखेको मानिन्छ, त्यसैले उनलाई संस्थापक भनिन्छ । उहाँलाई बाबा नानक, नानक साहिब जी, नानक शाह भनेर सम्बोधन गरिन्छ । गुरु नानक साहिब क्षत्रिय कुलमा जन्मेका थिए । उनको बुबाको नाम मेहता कालुचन्द खत्री र आमाको नाम तृप्तादेवी थियो । गुरु नानक बाल्यकालदेखि नै धेरै विद्वान थिए र सानै उमेरदेखि सांसारिक विषयहरूप्रति गम्भिर थिए ।

 

Comments are closed.