भाइटीका (२०७९) विशेष उत्साहका साथ मनाइयो

यम पञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका पर्व यो वर्ष पनि विशेष उत्साहका साथ मनाइयो । भाइटीका अर्थात् तिहारलाई नेपालको दोस्रो ठुलो चाड मानिन्छ । यो पर्वमा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा —मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान,दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ । दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, सयपत्री र मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ । यो स्नेह र सम्मानको पर्व हो ।