नारी स्रष्टा समाजले विभिन्न कार्यक्रम गरि नारि दिवस मनायो

नारी दिवसकाे अवसरमा नारी स्रष्टा समाजले स्रष्टा सम्मान गरेकाे छ । नव पुस्तकालय सुकेधारा काठमाडौंमा आयाेजना गरिएको कार्यक्रममा सभापति ममता मृदुल, प्रमुख अतिथि प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, विशिष्ट अतिथि कलानिधि दाहाल, अतिथि प्रा.विष्णु पन्त रहनुभएकाे थियाे ।
स्वागत मन्तव्य संस्थाकाे सल्लाहकार निर्मला मुरारीले गर्नुभएको थियाे । राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरिएको थियाे । लाजकाे आग्लाे कृति सम्मान नगद पाँच हजार रहेकाे छ । नारी स्रष्टा गङ्गा कर्माचार्य पाैडेल र यमुना पराजुलीलाई नारी स्रष्टा सम्मान प्रदान गरिएको छ । लाजकाे आग्लो मुक्तक सङ्ग्रह का मुक्तककार प्रकाश घायलकाे बारेका संक्षिप्त परिचय दीपक लाेहनीले, सम्मानित स्रष्टा गङ्गा कर्माचार्य पाैडेलकाे संक्षिप्त परिचय हरिस कल्पितले र यमुना पराजुलीको संक्षिप्त परिचय भगवती सेढाईले दिनु भएको थियाे ।

शुभकामना मन्तव्यमा सुरेश बैध मुक्तक वाचन गर्नुभएको थियाे । प्रा विष्णु पन्त र प्रमिला सिंहले शुभकामना दिनुभयो । विशिष्ट अतिथि मन्तव्य कलानिधि दाहालले पुरस्कृत स्रष्टालाई

बधाई र सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।
प्रमुख अतिथिको मन्तव्यमा नारी स्रष्टा समाजकाे पुरुष स्रष्टाको सम्मान गर्ने कार्यकाे प्रशंसा गर्नुभयाे । कार्यक्रम नारी स्रष्टा समाजकी काेषाध्यक्ष बिन्दु अधिकारी ढकालले सञ्चालन गर्नुभएको थियाे ।
कार्यक्रममा सभापति ममता मृदुलले साहित्यकार बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कार स्थापना गर्ने उहाँका छाेरी बिन्दु ढकाल र भगवती सेढाई प्रति खुसी व्यक्त गर्दै छाेराछाेरीलाई भन्दा बुवाआमालाई सम्मान र माया गरेकाे देखेपछि उनीहरूले पनि सम्मान गर्न सिक्छन् भन्नुभयाे । कार्यक्रम नाै बजे शुरु भएर ११बजे समापन भएको थियाे ।

Comments are closed.