Trending Now

नारी स्रष्टा दिवस सम्पन्न

आज नारी स्रष्टा दिवस राष्ट्रिय महिला आयाेगमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका नि. कुलपति जगमान गुरुङ, विशिष्ट अतिथि नाट्यकर्मी अशेष मल्ल, प्रज्ञा प्रतिष्ठानकाे आख्यान विभाग प्रमुख माया ठकुरी, विशिष्ट अतिथि स्रष्टा समाजकाे अध्यक्ष श्रीओम श्रेष्ठ राेदन, अतिथि महेश प्रसाईं , शैलेन्दुप्रकाश नेपाल, प्रमाेद प्रधान, कलानिधि दाहाल हुनुहुन्थ्यो । माेहनलता विशिष्ट स्रष्टा सम्मान नगद १५ हजार सहित तुलसीहरि काेइराला , कविराज स्रष्टा सम्मान ११हजार नगदसहित भीष्म उप्रेती, हेमलता स्रष्टा सम्मान विनाेद नेपाललाई प्रदान गरिएकाे छ ।
त्यस्तै लता गिरीकाे ८४ औँ जन्मदिनको अवसरमा माेहनलता सम्मान राधेश्याम लेकाली इलाम, रमेश क्षितिज दाङ,मन्जिला अनिल काठमाडौं, बिन्दु अधिकारी ढकाल धनकुटा, रीता खत्री भाेजपुर, निर्मला मुरारी काठमाडौ, मीना श्रेष्ठ सुनसरी, लक्ष्मी श्रेष्ठ अमेरिका र सरप्राइज सम्मान निराजन माैदगल्य तिमल्सिनालाई प्रदान गरिएकाे छ ।
पुरस्कार संस्थापक विकल गिरी, काैशिला पाेखरेल र राजेन्द्र कुँवरलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियो।

Comments are closed.