तीज २०७९ मनाइयो

मंगलबार हन्दु नारीहरुले मुलुकभरका शिवालयमा महादेवको पूजाआराधना गरेर हरितालिका (तीज) मनाएका छन् । काठमाडौं उपत्यकाको आकर्षक पशुपतिनाथ मन्दिरमा लाखौं ब्रतालुले दर्शन र पूजाआराधना गरेर तीज मनाए । परापूर्वकालदेखि तीजको दिनमा अविवाहित नारी सुयोग्य वरको कामना र विवाहित महिला पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निराहार बसी भगवान शिवको दर्शन, पूजाआराधना गर्ने परम्परा छ ।


तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो।  यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा मनाइन्छ ।


हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।


तीजको अवसरमा पशुपतिनाथ परिसरका केही तस्वीर

 

 

Comments are closed.