सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

जेठ २५, काठमाडौँ, सर्ट फ्लाएर्स चलचित्र अवार्ड–०७९ आयोजना हुने भएको छ । स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको छ ।
अवार्डमा ०७६, ०७७ र ०७८ चैतभित्र प्रदर्शन भएका नेपाली चलचित्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । सबै जातजातिको मौलिक संस्कृति, वेशभूषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य दुई सय बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।