रातो मच्छिन्द्रनाथकाे रथारोहण

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ। पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ। आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ ।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको ३२ हात अग्लो रथ निर्माण ललितपुरको पुलचोकमा निर्माण गरिएको हो।

जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन छ भने, सोही दिन मच्छिन्द्रनाथलाई रथबाट निकाली बुगंमती अवस्थित मन्दिर लगी प्रतिस्थापन गरे पछि यस वर्षको जात्रा सम्पन्न हुनेछ।

रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलन छ।