छुदेन काविमोको ‘उरमाल’ उपन्यास लोकार्पण

छुदेन काविमोको ‘उरमाल’ उपन्यास लोकार्पण

काठमाडौं । भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो ।
दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट चर्चामा आएका लेखक हुन्, काविमो । उनले पाँच वर्ष लगाएर दोस्रो कृति ‘उरमाल’ लेखेका हुन् ।
लेखकले चिया टिप्ने महिलाहरूको पीडालाई नजिकबाट नियालेर उपन्यास लेखेका छन् ।
उपन्यास लोकार्पण कार्यक्रममा बोल्दै लेखक छुदेनले भने, ‘चियासम्बन्धी धेरै किताब पढेँ । चियाको इतिहास उत्पत्ति अनि धेरै कुरा । तर चिया श्रमिकको कथा चैं पाइन । त्यसैले उरमाल लेख्नुपर्छ भन्ने लाग्यो ।’