बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो।
बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।