चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ

नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले  (Chen Song) ले सम्माननीय प्रधानमन्त्रीज्युसंग भेट गर्नुभएको छ। भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताउनु भएको छ।
प्रधानमन्त्रीज्युले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो।

Comments are closed.