कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्टेरोल शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।
रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ। यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग (ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।
४५ वर्ष नाघेका व्यक्तिहरूले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ। मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन्। नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ।
कोलेस्टेरोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । कोलेस्टेरोल आवश्यकता छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ ।
आवश्यकता भन्दा बढी कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ । यसरी कोलेस्टेरोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ ।
बेलैमा सावधानी अपनाउन सकिएन भने यसले जटिल अवस्था निम्त्याउन सक्छ । जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ ।
कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । एलडीएल र एचडीएल । एलडीएल कोलेस्टेरोललाई नराम्रों मानिन्छ भने एचडीएललाई राम्रों मानिन्छ । किनकी रगतमा एलडीएल कोलेस्टेरोलको मात्रा बढी छ भने छ भने हृदयघात तथा स्ट्रोकको जोखिम बढी हुन्छ ।
कोलेस्टेरोल नाप्न किन जरुरी छ ?
कोलेस्टेरोल स्वयंमा बिरामीको रुपमा नदेखिने भएता पनि यसको साथमा ब्लडप्रेसर, डायबिटिज, उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बंदित व्यक्तिलाई हृदयघात, स्ट्रोकको खतराको स्तर निकाल्नको लागि यसको जाच गर्न जरुरी छ ।
कोलेस्टेरोलको मात्रा के ले बढाउछ ?
- धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्टेरोलको मात्रा खानाले , दैनिक शारीरिक अभ्यास वा कसरत नर्गनाले पनि यस्तो समस्या बढ्दै जान्छ ।
- तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्टेरोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ ।
- पारिवारिक पृष्ठभूमि- तपाईँको परिवारमा कसैलाई कोलेस्टेरोल छ भने तपाईँलाई पनि हुने सम्भावना बढी हुन्छ ।
- साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्टेरोल बढ्न सक्दछ ।
कोलेस्टेरोलको रिपोर्ट कसरी थाहा पाउन सकिन्छ ?
कोलेस्टेरोलको स्तर बढेको बिरामीले महसुस गर्दैन । रगत परीक्षण गराउनु नै कोलेस्टेरोलको स्तर थाह पाउने तरिका हो । रगत परीक्षण पश्चात आएको रिपोर्टलाई विभिन्न श्रोतमा बताइए अनुसार निम्नानुसार विभाजन गरि बुझ्न सकिन्छ; यस सम्वन्धी बिस्तृत निर्क्यौल गर्ने काम भने सम्बंदित डाक्टरले गर्नेछन ।
कोलेस्ट्रोल घटाउने केही खानेकुरा
माछा : माछा खानेहरुका लागि खुसीको कुरा हुन सक्छ, चिल्लो बढी भएका माछाहरुमा पाइने ओमेगा ३ ले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाउन तथा स्वस्थकर कोलेस्ट्रोलको मात्रा बढाउनमा सहयोग पुर्याउँछ । ओमेगा ३ ले अनियमित चालबाट मुटुलाई बचाउने काम गर्छ भने त्यसले रगतमा भएका ट्रिग्लिसेरिड्सहरुलाई पनि घटाइदिन्छ ।
भण्टा : कोलेस्ट्रोलका समस्या हुनेहरुका लागि भने बैगुन अत्यन्तै लाभदायी हुने गर्छ । बैगुनले शरीरमा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।
भटमास : कोलेस्ट्रोलको समस्या हुनेहरुले खानैपर्ने अर्को खानेकुरा भटमास पनि हो । भटमासले एलडीएल अर्था्त लोअर डेन्सिटी लिपोप्रोटिन भनिने खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ ।
भटामासलाई हामी विभिन्न माध्यमबाट खान सक्छौं । सोझै भुटेर भटमास खानु जाडो महिनामा काइदा हुन्छ भने टोफु, पनिर बनाएर वा भटमासको दुध बनाएर पनि खान सकिन्छ । दिनको २५ ग्राम भटमासको दुध वा तोफु खाने हो भने पनि खराब कोलेस्ट्रोल हुनेहरुलाई निक्कै फाइदा पुग्छ ।
स्याउ : कोलेस्ट्रोलको समस्या हुनेहरुका लागि चाहिँ स्याउको सेवनले निक्कै फाइदा पुग्न सक्छ । विशेष गरेर स्याउमा पाइने पेक्टिन भन्ने घुलनशील फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।
ओखर र बदाम : ओखर तथा बदामका फाइदाहरु मनग्गे छन् । तीमध्ये पनि झट्ट हेर्दा मस्तिष्कको प्रतिरुप जस्तो देखिने, ओमेगा ३ लगायत शरीरका लागि बहुउपयोगी तत्वहरुले भरिपूर्ण ओखर अनि बदामहरुको सेवन खराब कोलेस्ट्रोल घटाउनका लागि सहयोगी सिद्ध हुन सक्छ । त्यसबाहेक, ओखर बदाम, काजु, पिस्ताहरुको सेवनले मुटु स्वस्थ राख्न पनि सहयोग गर्छ ।
एभोकाडो : फलहरुको नाम लिँदा फाइदाका हिसाबले अग्रपंक्तिमा नाम आउने फल हो एभाकाडो । यसका फाइदाकै कुरा गर्दा एभाकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल प्रभावकारी ढंगले नियन्त्रण हुने गर्छ ।
हामीले थाहा पाएकै कुरा हो, केरामा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । तर हामीमध्ये कतिपयलाई थाहा नहुन पनि सक्छ, एभाकाडोमा केरामा भन्दा पनि बढी पोटासियम पाइन्छ । सम्भवतः यो कुरा बताइबस्नु जरुरी छैन, पोटासियमले मुटु स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।
सूर्यमुखीको तेल : शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन वा घटाउनको लागि सूर्यमुखीको तेल, जैतुनको तेलहरु राम्रो विकल्प हुन सक्छ । तेल वा चिल्लो खाद्यको कुरा गर्दा ख्याल गर्नैपर्ने कुरा के हो भने त्यो जम्ने खालको हुनुहुँदैन ।
चिया : दूध हालेको भन्दा पनि फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउनको लागि फाइदाजनक मानिन्छ ।
ठिक्क मात्रामा फिक्का वा हरियो चियाको सेवनले रक्तचापलाई सही राख्छ, शरीरमा हुने इन्फ्लेमेशनलाई घटाउँछ र मुटुसम्बन्धी समस्याहरुबाट पनि हामीलाई बचाउन सहयोगी भूमिका खेल्ने गर्छ ।