एशियाडका लागि भारोत्तोलनबाट चार खेलाडी छनौट

काठमाण्डौं । चीनको हाङझावमा हुने १९ औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष-महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए ।

महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए ।

एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।