हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

 

 

चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आएका  व्यङ्ग्यशिल्पी चूडामणि खनाल दिवङ्गत भएका छन् ।

नेपाली हास्यव्यङ्ग्यका प्रखर लेखक एवम् पृथ्वीनारायण क्याम्पसका निवृत्त प्राध्यापक चुडामणि खनालको ७१ वर्षको उमेरमा पोखरास्थित उनकै निवासमा निधन भएको छ ।

साहित्यकार नरनाथ लुइँटेलका अनुसार प्रा.चूडामणि खनाल गत कार्तिक १८ गतेदेखि सिकिस्त बिरामी भई ओच्छ्यान परेका थिए । उनी एक किसिमको प्यारालाइसिस समस्याबाट ग्रस्त थिए । पश्चिमाञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पनि पूर्ण अचेतन अवस्थामा आफ्नै निवासमा थिए ।

खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’, ‘प्रमुख अतिथि’, ‘पोखराज’ जस्ता दर्जन कृतिहरूका साथै सयौँको सङ्ख्यामा फुटकर हास्यव्यङ्ग्य निबन्ध रचना प्रकाशित छन् ।