नागरिकको गुनासो सुनेर त्यसलाई सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सहज र प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज निजामती कर्मचारी संठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको गुनासो सुनी त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । यसका लागि गुनासो सुन्ने संयन्त्रलाई प्रभाकारी बनाउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
ओलीले सरकारले स्थापना गरेको ‘हेल्लो सरकार’ को कामलाई प्रभावकारी बनाउँदा नागरिकका गुनासो सुन्नको लागि सहयोग पुग्ने बताउनुभयो । ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने पनि बताउनुभयो ।
छलफलका क्रममा संगठनका अध्यक्ष लेखनाथ काेइरालाले संघीय निजामती ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभयो ।