नागरिक लगानी कोषले तोक्यो साधारण सभा, १४ प्रतिशत बोनस सेयरको प्रस्ताव लगिँदै

काठमाडौं। नागरिक लगानी कोषले २९औं वार्षिक साधारण सभाको मिति तोकेको छ। कोष सञ्चालक समितिको आइतबारको बैठकले सभा असार ३१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा हुने तय गरेको हो।सभामा आर्थिक वर्ष २०७९/८० को आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरिने कोषद्वारा सोमबार जारी सूचनामा छ। सभामा सञ्चालक समिति अध्यक्षले पेस गर्ने आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफलपछि पारित हुनेछ।
कोषको खुद ब्याज आम्दानी र कमिसनबाट हुने आम्दानी बढेको छ। चालु आवको तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसै अवधिमा गत वर्ष कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो।५ अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी रहेको कोषको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ।
All reactions:

33