Trending Now

ज्योति साहित्य प्रतिष्ठानद्वारा चिया कविताको नयाँ शृंखला सम्पन्न

श्रष्टा भेटघाट र कविता वाचनका लागि ज्योति साहित्य प्रतिष्ठानले आयोजना गरेको चिया कविताको नयाँ शृंखला नयाँ बानेश्वरस्थित चिया सागर रेस्टुराँमा शनिबार सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले सभापतित्व गर्नुभएको सो कार्यक्रममा तुलसी दिवस प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले कविहरू ताली र गालीको मोहमा फस्नु नहुने बताउनुभयो । प्रत्येक कविले आफ्नो सिर्जनामा मौलिकता गरेर बेग्लै पहिचान बनाउनु पर्दछ भन्दै उहाँले जोशिला कविता वाचन गर्नुभयो ।
त्यसपछि संचालक सुधा मिश्रले विश्व कवि शैलेन्द्र साकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा बिष्णु बिभु घिमिरे, प्रा डा हरि शर्मा, प्रा पुरुषोत्तम दहाल, गजल माली ज्ञानुवाकर पौडेल, प्रा. बिधान आचार्य, प्रा युयुत्सु आर डी शर्मा , प्रा डा साबित्री श्रेष्ठ, विजय हितान ( ब्रिटेन) लाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै कविता वाचन गर्न पालो दिन भयो।
गजलमाली ज्ञानुवाकर पौडेलले ज्योति साहित्य प्रतिष्ठानको सक्रियता लोभलाग्दो मात्र नभई पुराना स्थापित कविहरूसित नयाँ नयाँ कविहरूलाई सँगसँगै वाचनमा सहभागी गराएर उत्प्रेरणा र हौसला प्रदान गर्ने कार्य गरिरहेकोमा बधाइ दिनुभयो ।
कार्यक्रममा विशिष्ट कविहरू विश्वविमोहन श्रेष्ठ, भीष्म उप्रेती, महेशराज खरेल, उत्तम भौकाजी, चन्द्र रनाहाँछले मीठो र एकसेएक दमदार कविताहरूद्वारा सबैलाई मन्त्रमुग्घ पार्नु भयो।
यस्तै कविहरू राजबाबु श्रेष्ठ सागर, संगीता ठाकुर, रेणु घिमिरे, कृष्णबहादुर विष्ट, बुद्धिमान महर्जन, रबिना स्वार, प्रीति कौर, नारायण निरौला, भुवन थपलिया, कृष्ण बहादुर बुसु, पवित्रा अधिकारी, नम्रता श्रेष्ठ, अम्बिका खड्का, केदारप्रसाद मैनालीले उत्कृष्ट सिर्जना सुनाएर रेष्टुरेन्टमा आउनु भएका ग्राहकहरूलाई पनि आनन्दित तुल्याउनु भयो।
चिया कविता नेपालको कार्यक्रममा संगीता ठाकुर र सुधा मिश्रले मीठो स्वरमा मैथिली भाषामा कविता सुनाउनुभयो ।
चिया सागरका प्रोप्राइटर केशवराज शर्माले नेपालका प्रख्यात कवि कवयित्रीहरूको उपस्थितिले यो रेष्टुरेन्टको गरिमा बढेको भन्नु हुँदै आउँदा दिनमा पनि ज्योति साहित्य प्रतिष्ठानले यस्तो कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गर्नुभयो ।

 

Comments are closed.