रविलाई संसद्‌मा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरूलाई संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसद्को रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस बैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।

संसद्को बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । जसको लागि दिउँसो २ बजे संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ ।