विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुखमाथि कुटपिट

विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुखमाथि कुटपिट
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ ।मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एक समूहले कार्यकक्षमै प्रवेश गरी कुटपिट गरेका हुन् । डिजिटल बोर्डमा केपी चोर देश छोड लेखिएको थियो ।
विद्युत् ग्राहकका लागि सूचना राख्ने गरिएको कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटिएको बताइएको छ ।करिब ३०/४० जनाको समूहले कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख श्रेष्ठलाई हातपात गरेको आरोप छ । त्यसपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले भिड तितरबितर गरेको बुझिएको छ ।
आक्रमणबाट कार्यालयको कम्प्युटर, गमला, ग्लास, शौचालयका ढोकालगायत सामान तोडफोड भएका छन् । घटनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको र जिल्ला प्रहरी कार्यालयसँग सुरक्षा मागिएको छ ।