काठमाडौँ– यसअघि आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको कर्फ्युको समय बढाएर मध्यराति १२ सम्म लम्ब्याइएको हो।
शनिबार हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासनले साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।
तर दुई पक्षबीच अझै सहमति हुन नसकेकाले कर्फ्यु आज राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।