आज काठमाडौंसहित पहाडी जिल्लामा होली मनाइँदै, भोलि तराईमा

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइँदै छ ।असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ । होलीको अवसरमा राजधानीलगायत मुख्य शहरहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।पहाडी जिल्लामा आज मनाइने होली तराईका जिल्लामा भने भोलि मनाइन्छ ।