फिल्म ‘दान्भी’को छायांकन सुरु भएको

काठमाडौँ । फिल्म ‘दान्भी’को छायांकन सुरु भएको छ । निर्माण युनिटले काठमाडौँको नैकापमा सेट बनाएर एक्सनको दृश्यबाट फिलमको छायांकन सुरु गरेको हो ।

क्लाइमेक्समा रहने एक्सनका दृश्य अभिनेत्री पूजा शर्माले अभिनय गरिरहेकी छन् । पूजाको एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु भएको निर्देशक रुपेश तामाङले जानकारी दिए ।

फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । हरि लामा घलेको छायांकन रहेको फिल्ममा फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

अनुप गदाल र देव मगरको लगानीमा तयार हुने फिल्ममा  कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए ।

उनले भने–‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’

फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्, ‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतीक्षित बनिसकेको छ । फिल्ममा पूजाको अलवा नायक कुन्साङ बोमजोमले अभिनय रहनेछ ।