Trending Now

दिपेन्द्र लामाको फिल्म ‘नांगो गाउँ’ मा दयाहाङ र मिरुना

फिल्म ‘२ नम्बरी’ हिट भएपछि निर्देशक दिपेन्द्र लामाले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ।

यो फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अनुबन्धित भइसकेका छन्। उनीहरूले यसअघि ‘कबड्डी ४’ मा अभिनय गरेका थिए।

यी दुई बाहेक अन्य कलाकार छिट्टै सार्वजनिक गरिने निर्माण टिमले बताए।

मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन्। फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ।

राजनीतिक कथावस्तुमा तयार पारिने फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुनेछ।

लामाको यो पाँचौं निर्देशकीय फिल्म हुनेछ। उनले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

Comments are closed.