अभिनेता दयाहाङ राई यस वर्षलाई ‘प्याक’ छन् । उनको पाइपलाइनमा फिल्मको ठूलो चाङ छ । तर पनि उनले फिल्म सम्झौता गर्न छाडेका छैनन् । यसबीच, उनले नयाँ फिल्म ‘कार्साङ’ सम्झौता गरेका छन् । याम शेर्पाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मलाई दयाहाङले तिहारपछिको समय दिएका छन् । तर, व्यस्तताले गर्दा उनले विभिन चरणमा फिल्मको छायांकन गर्नेछन् ।
निर्देशक शेर्पाले फिल्मीखबरसँग भने, ‘तिहारपछि फिल्मको छायांकन सुरु गर्नेछौं । दया दाई यो वर्ष ‘प्याक’ हुनुहुन्छ । त्यसैले एकै चरणमा छायांकन भ्याउन सकिन्न । उहाँको समय लिएर विभिन्न चरणमा छायांकन गर्नेछौं ।’ सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्मको नाममा नै कथा लुकेको निर्देशक शेर्पाले बताउँछन् । उनका अनुसार, फिल्म एउटा समुदायको कथामा बन्न लागेको हो ।
अर्को वर्ष रिलिजको तयारी गरिएको फिल्ममा दयाहाङबाहेक अरु कलाकार छानिएका छैनन् । आगामी असारमा अडिसनमार्फत् कलाकार छनोट गरिने याम बताउँछन् । यार्सा फिम्ल्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ मा ९० प्रतिशत र बाँकी भोटेकोसीमा छायांकन हुने निर्देशक शेर्पाले बताए ।
अहिले दयाहाङले फिल्म ‘दिमाग खराब’को छायांकन गरिरहेका छन् । यसपछि फिल्म ‘हात्तीछाप’मा उनले काम गर्नेछन् । ‘डिग्री माइला’ र ‘कबड्डी ५’ पनि उनको पाइपलाइनमा छ । अरु ३/४ वटा फिल्ममा पनि उनले काम गर्ने वचन दिएका छन् । यसरी हेर्दा उनलाई अर्को वर्ष पनि सेड्युल मिलाउन सहज देखिँदैन । एकपछि अर्को फिल्मको सफलताले उनको व्यस्तता निकै बढेको छ ।
Trending Now
- महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट
- अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा
- काम गर्न नसके पदमा बस्नुहुँदैन, अर्को उथुलपुथल गर्न बेर लाग्दैन: प्रधानमन्त्री
- चार अंकले बढ्यो नेप्से परिसूचक
- राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टा सम्मान २०८० घोषणा
- UN says majority of migrant deaths in 10 years from drowning
- बराहक्षेत्रमा कुम्भमेला: तीस लाख पर्यटक भित्र्याउने लक्ष्य
- तीन भाषाको बान्तावा शब्दकोश प्रकाशित
- कवि योक्पाङ्देनको ‘केवाफुङ्को गीत’ सार्वजनिक
Comments are closed.