सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, ४  मंसिर

डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-२ चम्सालस्थित सडकमा रँडुवाबाट बडालतर्फ जाँदै गरेको सु.प.प्र ०१-००२ त ६८४६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक बर्दिया गेरूवा गाउँपालिका-४ बस्ने ४२ वर्षीय चन्द्र राज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-११ सातासीपुलस्थित सडकमा नेपाली सेनाको बा.१ झ १०११ नम्बरको गाडी र प्र १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक मेचिनगर नगरपालिका-३ बस्ने २८ वर्षीय होम प्रसाद खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.