छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु   

काठमाडौं,२५ मंसिर

काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चोभारमा ना.१ क १६१२ नम्बरको स्कुलको बसले बागमती ए-एए २९०८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ जयपृथ्वी नगरपालिका-५ घर भएका २९ वर्षीय सुबास चन्द्र रतलाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा,  मिथिला नगरपालिका-९ बडहरीमा ना.६ ख २४१० नम्बरको ट्रकले ज.१० प ७८३९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी जोगिनिया-३ बस्ने ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.