छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, २२  मंसिर

मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित सडकमा को.३७ प ३२०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ बस्ने ६५ वर्षीय बल बहादुर कार्कीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकस्थित सडकमा ना.७ ख २४७८ नम्बरको ट्रकमा बा.३ ख २७१६ नम्बरको माईक्रो ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा माईक्रोमा सवार स्याङजा हरिनास गाउँपालिका-२ बस्ने ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको हाड जोर्नी अस्पताल आँबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका माईक्रोमा सवार अन्य २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उक्त माईक्रो बा.४ ख १४०३ नम्बर र ग.१ ख ९१०३ नम्बरको माईक्रोमा समेतलाई ठक्कर खाई दुर्घटना भएको थियो । ३ वटै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित सडकमा ना.४१ प ५४८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जर्मनी नागरीक ६० वर्षीय Michael Meyer Olbersleben को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लागि नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ स्थित सडकमा ना.६ ख ३३३० नम्बरको ट्रकको ठक्करबाट बर्दघाट नगरपालिका-६ बेतानी बस्ने ४५ वर्षीय टिकाराम भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।