छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु    

    काठमाडौं, १८ वैशाख

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बनदेबीस्थित सडक छेउमा रोकि राखेको से.१ त २८२९ नम्बरको ट्याक्टरमा सु.प.प्र.०२००४ प १८४६ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका-१० बस्ने २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि स्थानीय सफल मेडिकल गुलरिया पठाइएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङ, बाग्लुङ  नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा ग.१ ख ९६२ नम्बरको बसको ठक्करबाट ओखलढुंगा लिखु गाउँपालिका-५ बस्ने ४० वर्षीय चेत बहादुर थापाको आइतबार दिउँसो मृत्यु भएको छ । ठककरबाट गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेस्थित सडकमा बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको बा.४ ख ६३१२ नम्बरको हायस गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय ललित कुमार पंजियारको आइतबार साँझ मृत्यु भएको   छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा, गंगादेव गाउँपालिका-२ हेलुमखोलास्थित सडकमा तुल्सीपुरबाट ताप्लातर्फ आउँदै गरेको लु.१ ज ४७५५ नम्बरको जिप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-२ ओइलाम बस्ने १५ वर्षीय तिलक वलीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान, शारदा नगरपालिका-५ रानिकोटस्थित सडकमा प्युठानी टोलतर्फ जाँदै गरेको रा.१ ह ४०६६ नम्बरको अटो आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ६३ वर्षीया डम्बरी कुमारी भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-३ स्थित सडकमा पार्किङ गरी राखेको ग.१ च ४१५७ नम्बरको हाईलक्स गाडीमा लु.१८ प ५१४६ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं घर भएकी २६ वर्षीया प्रियंका सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, सबैला नगरपालिका-१३ सिर्का टोलस्थित सडकमा बरमझियाबाट रघुनाथपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क.१६२१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र कुमार दनुवारको छोरा ७ वर्षीय रियान्स कुमार दनुवारको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ललिता हेल्थ केयर रघुनाथपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त टिपको ठक्करबाट घाइते भएकी सोही ठाउँ बस्ने बिरेन्द्र दनुवारकी छोरी ५ वर्षीया राधी कुमारी दनुवारलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.