छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु  

  काठमाडौं, ७ असार

 इलाम, इलाम नगरपालिका-१ देउमाई खोलास्थित सडकमा मे.१ त२५३० नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार झापा बिर्तामोड नगरपालिका-६ बस्ने २४ वर्षीय उमेश दर्जीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएकोमा उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

मोरङ, रंगेली नगरपालिका-९ फर्सडागीस्थित सडकमा ना.१ क ७२१८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ सखुवाथान बस्ने ७० वर्षीया मुस्नी राजवशीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको  रंगेली अस्पताल हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, बिन्दबासीनी गाउँपालिका-३ झौवास्थित सडकमा ना.५ त ४३२५ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने करिमन दासको छोरा ११ वर्षीय राम सुरत दासको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।