काठमाडौं, ४ भदौ
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसमाडीस्थित सडकमा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख ७६१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१ शंकरनगर चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२१ प ९५९४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटर चालक ओमसतिया गाउँपालिका-१ बस्ने ३० वर्षीय शंकर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।