छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु 

  काठमाडौं, ९ भदौ

कञ्चनपुर, बेलौरी नगरपालिका-५ मैनाहामा सु.प.प्र.०१-००९ प ५५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ कुण्डा बस्ने ४५ वर्षीय भिकारी रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सुनसरी, रामधुनी नगरपालिका-१ मनकामना हलस्थित सडकमा प्रदेश १-०४-००१ त ००८४ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीया मंजु चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका साइकलमा सवार मृतकका छोरा ३ वर्षीय सुजन चौधरीको मोडेन अस्पताल झुम्कामा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।