छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, ५ कात्तिक

धादिङ, सिद्धलेक गाउँपालिका-४ आदामारास्थित सडकमा ना.५ त ६०७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ आरुबास बस्ने १८ वर्षीय बाबुराम परियारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको छ । साथै पदैलयात्रीलाई ठक्कर दिई ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खस्दा घाइते भएका ट्याक्टर चालकलाई उपचारका लागि राजमार्ग अस्पताल पठाइएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-३ ढुंगेबजारमा ना.६ ख ७४५९ नम्बरको बसले से.१ ब २१६ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिदाँ मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्र प्रसाद जैशीको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते भएका उनको  लालरत्न अस्पताल हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखा, भिनसेन थापा गाउँपालिका-६ तान्द्राङस्थित सडकमा ना.६ त ५८६९ नम्बरको ट्याक्टर पल्टिएर शुक्रबार साँझ दुर्घटना हुँदा चालक जिसोही गाउँपालिका-६ नयाँगाउँ बस्ने २० वर्षीय सुनिल भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल गोरखा पठाइएको छ ।

मकवानपुर, बागमती गाउँपालिका-५ कोइराला दमारमा रोकी राखेको बागमती प्रदेश ०३-००१ क ४१३ नम्बरको ट्रकमा ना.१ ह ५८५५ नम्बरको अटो ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा अटोमा सवार हाल वतन नखुलेका ४९ वर्षीय राम बहादुर गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भएरहेको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ कोटिहवास्थित सडकमा लु.७७ प १७३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएर शनिबार बिहान दुर्घटना हुदाँ चालक सोही नगरपालिका-६ बस्ने २८ वर्षीय बासुदेव गुप्ताको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।