सवारी दुर्घटनामा दुई जनाको मृत्यु

 

काठमाडौं, ४ पुस

उदयपुर, कटारी नगरपालिका-१० पालसिंहमा प्र.२-०१-००१ च ००५० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल झरेर सोमबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार ताप्ली गाउँपालिका-१ बस्ने ६५ वर्षीय मिन बहादुर सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, निजगढ नगरपालिका-१ धन्सार पुल नजिक सडकमा ना.६ ख २२६१ नम्बरको ट्रकले ना.३४ प ८३३१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.