काठमाडौं, २८ साउन
कञ्चनपुर, बेदकोट नगरपालिका-४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा डुबेर सोही नगरपालिका-३ शान्तिपुर बस्ने एकेन्द्र औजीको छोरा ४ वर्षीय अहान औजीको शुक्रबार साँझ मृत्यु भएको छ ।
स्याङजा, पुतलीबजार नगरपालिका-१० राङखोलास्थित आँधीखोला र राङखोलाको संगम स्थलमा रहेको पानीमा डुबेर सोही ठाउँ बस्ने टिकाराज गुरुङको छोरा ९ वर्षीय पुरक गुरुङको शुक्रबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।