काठमाडौं, ४ भदौ
बर्दिया, बढैयाताल गाउँपालिका-४ स्थित मानखोलामा डुबेर सोही गाउँपालिका-४ पुष्प नगर बस्ने रमेश भुजेलको छोरा १३ वर्षीय गौरब भुजेल र देउमा तिरुवाको छोरा १३ वर्षीय आयुष तिरुवाको शुक्रबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा दुबै जनालाई खोलाले बगाउँदा गौरब भुजेललाई तत्काल स्थानीयले उद्दार गरी उपचारको लागि बर्दिया अस्पताल गुलरिया पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । साथै आयुष तिरुवाको खोजी गर्ने क्रममा सोही खोलाको किनारमा शव फेला परेको हो ।
सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिन्डास्थित सहनी टोल बस्ने २६ वर्षीय महेश सहनीको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर शुक्रबार राति मृत्यु भएको छ ।
महोत्तरी, भंगाहा नगरपालिका-९ स्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ईन्दल सदाको छोरा ६ वर्षीय अदित सदाको शनिबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।