डुबेर मृत्यु

 मोरङ, ११ साउन

सुन्दरहरैचा नगरपालिका-४ मंगलदिप टोलस्थित पैनीले बगाएर सोही ठाउँस बस्ने हरि खडकाको छोरा ५  वर्षीय प्रदिप खडकाको बुधबार बिहान मृत्यु भएको छ ।

पैनीले प्रदिपलाई बगाएर ल्याएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले उपचारको लागि बेदान्त अस्पताल ईटहरीमा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।