विराटनगर महानगरपालिकामा करेन्ट लागेर मृत्यु  

  मोरङ, ९ भदौ

विराटनगर महानगरपालिका-१ पोखरीया बस्ने ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

सोही महानगरपालिका-११ रामपुरचोकस्थित केशरी निपेट वर्कशप कपडा फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।