Trending Now

करेन्ट लागेर मृत्यु

काठमाडौं, १८ भदौ

डोटी, सायल गाउँपालिका-४ डौड बस्ने ६४ वर्षीय काँसी ढोलीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घर नजिकै बाँस काट्ने क्रममा बाँसको रुख बिद्युतको तारमा खस्दा करेन्ट लागी उनको घटनास्थलमै मृत्यु भएको हो ।

बाँके, खजुरा गाउँपालिका-२ सन्तकुटी बस्ने ५६ वर्षीय हरि प्रसाद खरेलको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । ईलेक्ट्रोनिक मेसिनबाट घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी, दुहबी नगरपालिका-८ रनीगाउँ बस्ने ५० वर्षीय दिपक मगरको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।  आफ्नै घरको छत सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पातल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, मिर्चैया नगरपालिका-५ पुरानो बजार बस्ने ४० वर्षीय प्रमेश्वर मण्डलको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा वाईरिङ्ग गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि मंगलम अस्पताल मिर्चैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.