करेन्ट लागेर मृत्यु

  बर्दिया, ११ साउन

गेरुवा गाउँपालिका-१ सर्खोल बस्ने ३० वर्षीय मागुलाल थारुको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा फर्निचरको काम गर्ने शिलसिलामा ईलेक्ट्रिक रन्दा लगाउँदा करेन्ट लिक भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।