Trending Now

घाँस काट्ने क्रममा लडेर मृत्यु

जाजरकोट, २२ पुस

जुनिचाँदे गाउँपालिका-११ मेसु बस्ने २३ वर्षीया पबित्रा रावतको घाँस काट्ने क्रममा भीरबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित बाढी भिर जंगलमा आफ्नै श्रीमानसँग घाँस काट्न गएको अवस्थामा लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.