Trending Now

खोलाले बगाएर एक जनाको मृत्यु       

बागलुङ, ३० कात्तिक

ढोरपाटन नगरपालिका-२ सलामकोट बस्ने १९ वर्षीया सुनिता महत खत्रीको निसीखोला गाउँपालिका-२ पाखुटेस्थित निसीखोला तर्ने क्रममा खोलाले बगाएर बुधबार बिहान मृत्यु भएको छ ।

आफ्नै छोरा २  वर्षीय सुलभ खत्रीलाई बोकी निसीखोला गाउँपालिका-१ फुपुको घरमा जाने क्रममा उक्त खोलाले दुवै जनालाई बगाउँदा घटनास्थलबाट करिब ५ सय मिटर तल सोही खोलाको किनारमा उनको शव फेला परेको हो । साथै घाइते भएका उनको छोरालाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.