Trending Now

अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु

धनुषा, १० पुस

मुख्यापट्टी मुसहरनिया गाउँपालिका-२ बस्ने ५० वर्षीय धानुक दासको अपरिचित व्यक्तिको गोली प्रहारबाट शनिबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने पम्प बनाई रहेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले गोली प्रहार गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.