हुम्ला, ११ मंसिर
खार्पुनाथ गाउँपालिका-१ सुनखडा स्थित कर्णाली करिडोर सडक निर्माणको क्रममा बराहदल गुल्म अन्तरगत कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनखडामा कार्यरत खेमराज पोखरेलको ढुङ्गाले लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सडकमा बिष्पोटक पदार्थ बिछ्याउने क्रममा सडक माथिबाट खसेको ढुङगा लागेर करिब १ सय मिटर तल खस्न पुगेका उनको सोही स्थानमा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।