नवलपरासी (पूर्व), २७ असार
देवचुली नगरपालिका-५ कदमपुर बस्ने १८ वर्षीय आयुष सिन्जाली मगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बौलाहा खोलामा साथीहरुसँग मिली करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको देवचुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।