जनता समाजवादी पार्टी (जसपा) बाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ । केही दिनदेखि अस्वस्थ रही चितवनमा उपचारत गुरुङको आज निधन भएको सो पार्टीका केन्द्रीय सदस्य खेमजङ्ग गुरुङले जानकारी दिए । मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका उम्मेदवार गुरुङको उच्च रक्तचापका कारण निधन हुन पुगेको उनको भनाइ छ । शनिबार रक्तचापका कारण बेहोस भएपछि तत्काल बेंसीशहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो । मतगणना जारी छ । हालसम्म मतगणना भएको चार हजार नौ सय चार मतगणना हुँदा निधन भएका गुरुङको पक्षमा पाँच भोट प्राप्त भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
Trending Now
- UN says majority of migrant deaths in 10 years from drowning
- बराहक्षेत्रमा कुम्भमेला: तीस लाख पर्यटक भित्र्याउने लक्ष्य
- तीन भाषाको बान्तावा शब्दकोश प्रकाशित
- कवि योक्पाङ्देनको ‘केवाफुङ्को गीत’ सार्वजनिक
- प्रवीण खतिवडा को ‘अकथ्य’ कथा संग्रह लोकार्पण
- नरबहादुर लामाको कृति ‘अमरभूमि’ प्रकाशन
- काठमाडौँमा लगातार वर्षा: आगामी तीन दिनको मौसम पूर्वानुमान
- नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, ओलीले उद्घाटन गर्ने
- Baltimore bridge collapse: 2 bodies recovered, 4 others missing
- टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ
Comments are closed.