ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं, ४ फागुन/ ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी नेपाली काग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी घाइते भएका थिए ।

सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने तयारी भएको छ । बुधबार राति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।

Comments are closed.